किरा परेको पानी बेच्ने व्यापारीलाई काठमाडौं महानगरले तिरायो १ लाख जरिमाना

काठमाडौं ।  किरा परेको पानी बेच्ने एक व्यापारीलाई काठमाडौं महानगरपालिकाले जरिमाना तिराएको छ  सोमबार कागेश्वरी मनोहरा-६ मा रहेको ए एण्ड बि बेभरेज इन्ड्रटटिज लाई महानगरपालिकाले १ लाख जरिमाना तिराएको हो ।  उक्त पसलबाट किरा परेको मिनरल वाटर फेला परेको थियो ।