दक्षिण एसियामै पहिलोपटक दोर्दीमा समलिंगी विवाह दर्ता

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले समलिंगी जोडीको बुधबार विवाह दर्ता गरेको छ । दोर्दी गाउपालिका २, अर्चलबोटको कार्यालयले विवाह दर्ता गरेको हो । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार वडा कार्यालयले विवाह दर्ता गरेको गाउपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार अनुसार दोर्दी गाउँपालिका २, सल्लाबोटका रामबहादुर गुरुङ (माया गुरुङ) ले…