चितुवाले रित्यायो गोठ, एकै पटक खायो ७७ वटा च्याङ्ग्रा

मुस्ताङ । उत्तरी मुस्ताङको ढाकमारमा हिउँ चितुवाको आक्रमणबाट झन्डै सय च्याङ्ग्रा मरेका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिका २ मा पर्ने उक्त गाउँमा किसानको गोठमै छिरेर च्याङ्ग्रालाई आक्रमण गरेको हो । '७७ वटा गोठमै मरेका छन् । ३ वटा घाइते छन् । बाँच्ने अवस्था छैन,' स्थानीय छिरिङ गुरुङले भने, ४ वटा चितुवा एकै पटक छिरेर आक्रमण…