कैलारीकाे १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा

कैलाली । कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ। अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ मा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको थियो। अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ। चार वर्षअघि हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने…