पर्वत । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु गरेको छ । शिक्षक तथा विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्नका लागि पहिलो चरणमा १३ वटा विद्यालयमा यो कार्यक्रम थालिएको हो । कार्यक्रम लागू भएका विद्यालयका हरेक क्रियाकलापलाई ‘डिजिटल’ रूपमा व्यवस्थापन गर्नका लागि ‘कोड लजिक टेक्नोलोजिज’ ले तयार पारेको ‘स्मार्ट स्कुल’ ‘एप्लिकेशन’ को…