व्यवसायी श्रेष्ठले गाउँपालिकालाई दिए एक करोडको जग्गा

तनहुँ । बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। अहिलेको चलनचल्तीको मूल्य रु।एक करोड बराबरको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।…