Logo

आइतबार पनि भारी वर्षा हुनेः सोमबारबाट मौसम सुधार


काठमाडौँ : दुई दिन देखि लगातारको भारी बर्षाले ३३ जनाको ज्यान गईसकेको छ । बाढीका कारण केही ब्यक्ति बेपता पनि भएका छन् । भारी वर्षातका कारण पूर्वी र मध्य तराई उच्च जोखिममा परेको छ । चार हजार भन्दा बढि घर डुवानमा परेका छन् ।

जल तथा मौषम पूर्वानुमान महाशाखाले आइतबार पनि देशका विभिन्न क्षेत्रमा भारी वर्षात हुने जनाएको छ। महाशाखाले मनसुनी न्यूनचापीय रेखा अहिले पहाडी क्षेत्र नजिकै रहेको र न्यूनचापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेको महाशाखाले जनाएको छ।

महाशाखाले मनसुन सक्रिय रहेकाले देशका केही स्थानमा आज पनि भारी वर्षा हुने जनाएको छ। महाशाखाले पूर्वी क्षेत्रमा आइतबार साँझसम्म मौसममा सुधार हुने तर मध्य र पश्चिम क्षेत्रमा सोमबार साँझदेखि मात्र मौसममा सुधार आउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्