इलाममा रास्वपाका उम्मेदवार मिलन लिम्बुले सुरु गरे मतदान

इलाममा रास्वपाका उम्मेदवार मिलन लिम्बुले सुरु गरे मतदान


इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले इलामको माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनता कल्याण माविमा रहेको मतदानस्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन्। सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।