हङकङको सार्वजनिक कार्यक्रममा देखिइन् आरजु राणा

हङकङको सार्वजनिक कार्यक्रममा देखिइन् आरजु राणा


काठमाडौं । जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेपछि उपचारका लागि विदेश गएकी नेपाली कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा हङकङको एक सार्वजनिक कार्यक्रममा देखिएकी छन् । लामो समयदेखि सिंगापुर र हङकङमा बस्दै आएकी आरजु बुधबार आयोजित सार्वजनिक कार्यक्रममा सहभागी भएको तस्बिर सार्वजनिक भएको हो ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै विदेश गएकी आरजु देउवा स्वदेश फर्किएर राजनीतिक गतिविधिमा सक्रिय भइरहँदा विदेशमै रहँदै आएकी छन् । यसअघि आरजु र शेरबहादुर देउवा दुवैविरुद्ध रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्ने प्रयास भएको विवरण सार्वजनिक भएको थियो ।

 

 

 

तस्बिर : मनिषजंग थापाको फेसबुकबाट