Logo

प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको विजयी सुरुवात


काठमाडौं : फुटबल पण्डितहरुले नयाँ सिजनको प्रिमियर लिग उपाधिको प्रमुख दावेदार मानेको म्यान्चेस्टर सिटीले विजयी सुरुवात गरेको छ।

गएराति भएको खेलमा सिटीले यसै सिजन प्रिमियर लिगमा उक्लिएको ब्राइटन एण्ड हब अल्बियनलाई २-० गोल अन्तरले पराजित गर्‍यो। निकै रक्षात्मक रणनीति अपनाएको ब्राइटनले ७० मिनेटसँग सिटीलाई रोकेको थियो।

७०औं मिनेटमा सर्जियो एग्युरोको गोलमा सिटीले अग्रता लियो। त्यसको ५ मिनेटपछि लुइस डङ्कले आत्मघाती गोल गर्दा सिटीलाई सहज जित प्राप्त भयो।

यस सिजन सरुवा बजरामा निकै सक्रिय बनेको सिटीले २०० मिलियन पाउण्डभन्दा बढी रकम खर्चिँदै गोलकिपर इडर्सनसहित फूलब्याकहरु केल वाल्कर, बेञ्जामिन मेन्डी, डानिलो र प्लेमेकर बर्नाडो सिल्भालाई टिममा भित्र्याएको छ।

प्रतिक्रिया दिनुहोस्