Logo

एक लाख छयालीस हजार लाइसेन्समा प्वाल, तीन सय अठचालिस निलम्बन


 

काठमाडौँ :  महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पकट मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने ती सय ४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स)निलम्बन गरेको छ ।
महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचाँै पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँ पटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताए ।

महाशाखाले विस २०६९ मङ्सिर २२ गतेदेखि मादकपदार्थ सेवन गरी सवारी चलाउने सवारी चालकको लाइसेन्स प्वाल पार्न थालेकामा हालसम्म एक लाख ४६ हजार चार सय ९६ चालकको लाइसेन्स प्वाल पारिसकेको छ । जसमा पहिलोपटक प्वाल पर्ने एक लाख १० हजार २१, दोस्रोपटक २४ हजार चार सय ३७, तेस्रोपटक सात हजार नो सय ५४, चौथोपटक दुई हजार सात सय ५३ र पाँचौँपटक नौ सय ७८ जना सवारी चालक पुगेका छन् ।

महाशाखाले आर्थिक वर्ष २०६९-७० मा २२ हजार दुई सय ७२, २०७०-७१ मा ४८ हजार छ सय ६९, २०७१-७२ मा ३१ हजार आठ सय २४, २०७२-७३ मा २४ हजार एक सय २ र २०७३-७४ मा १९ हजार छ सय २४ जना सवारी चालकको लाइसेन्समा प्वाल पारेको जनाएको छ ।

महाशाखाप्रमुख खनालले पछिल्लो समयमा मापसे गरी सवारी साधन चलाउने चालकको सङ्ख्यामा कमी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्