वेश्यावृत्तिमा लगाउने स्पा सेन्टर सञ्चालक पक्राउ

वेश्यावृत्तिमा लगाउने स्पा सेन्टर सञ्चालक पक्राउ


काठमाडौं ।

रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ ।

नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

ब्यूरोका एसपी कृष्ण पंगेनीका अनुसार, स्पाका नाममा युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ ।

‘त्यहाँबाट ३ जना नाबालिकालाई उद्दार गरेर उनीविरुद्ध अनुसन्धानका लागि अदालतबाट पाँच दिन म्याद लिइएको छ’, उनले भने । पौडेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही प्रक्रिया अघि बढ्नेछ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले गाउँका युवतीहरुलाई आकर्षिक जागिर दिने भन्दै प्रलोभन देखाएर काममा लगाउने गरेका थिए । त्यसक्रममा पुरुषहरुसँग अश्लिल क्रियाकलाप गरेको भिडियो, फोटो आफूसँग सुरक्षित छ भनेर समेत धम्क्याउने गरेको खुलेको छ ।