Logo

जनचेतनाका लागि बास्केटबल


काठमाडौं । अपाङ्ग पनि सबल मानिसले जस्तै समाजमा भूमिका निर्वाह गर्न सक्छन भन्ने जनतचेतना फैलाउन बास्केटल खेलको आयोजना गरिएको छ ।
बृहस्पति स्कुलको आयोजनामा भएको खेलमा अपाङ्ग भएका खेलाडीले सकारात्मक सोच, मानिसमा विकास हुन जरुरी भएकाले सन्देश दिन बास्केटबल खेलमा सहभागी भएको जनाएका छन् ।
चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगिताको अवसरमा बृहस्पति स्कुलले अपाङ्गहरुप्रति आम मानिसले हेर्ने दृष्टिकोणलाई बदल्नका लागि मैत्रिपूर्ण अपाङ्ग बास्केटबल आयोजना गरिएको जनाएको छ  । यस्तै, चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबलको उपाधि भ्याली पब्लिक र पुष्पसदनले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्