२ वटा एयरलाइन्सको २ करोड बराबरको टिकट चोरी, एक जना पक्राउ

२ वटा एयरलाइन्सको २ करोड बराबरको टिकट चोरी, एक जना पक्राउ


काठमाडौं ।

जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

यसअघि मङ्सिर ६ मा ब्युरोले सामाखुसी स्थित मर्स्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो । अहिले पक्राउ पर्नेमा मर्स्याङ्दी ट्राभल्सका सञ्चालक हरि प्रसाद सुवेदी छन् ।

पर्वत घर भएका ४७ वर्षीय सुवेदीलाई बालुवाटार स्थित जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रा।लिको युजर आइडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको आरोप छ । भारतीय नागरिकको सहयोगमा आरोपीहरूले टिकट चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

ह्याकरहरुले पटक–पटक गरेर १ करोड ९९ लाख ८२ हजार बराबरको टिकट चोरी गरेको ब्युरेले गरेको अनुसन्धानबाट थाहा भएको छ । अहिलेसम्म ३३७ जना नेपाली र विदेशी नागरिकको नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको हो ।