Logo

पल्सर स्पोर्टस अवार्ड २०७३ आज हुँदै


काठमाडौं । नेपाली खेल क्षेत्रको लोकप्रिय पल्सर स्पोट्र्स अवार्डको १४औं संस्करण आज हुँदैछ । वर्षका उत्कृष्ट खेलाडीहरुलाई प्रदान गरिँदै आएको १४ औं संस्करण आज प्रदान गर्न लागिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गर्दै आएको अवार्ड २०६० सालदेखि प्रदान गर्दै आएको छ । स्पोटर्स अवार्ड २०७३ कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ । विगतमा जस्तै यसपटक पनि कुल ८ विधामा अवार्ड प्रदान गरिँदैछ ।
८ मध्ये ५ विधामा यसअघि नै उत्कृष्ट पाँचमा पर्न सफल खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरिसकेको छ । जस अन्तर्गत वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक र पिपुल च्वाइस अवार्ड रहेका छन । एसएमएस भोटिङ र फेसबुक लाइकको आधारमा पिपुल च्वाइस अवार्डको विजेता घोषणा गरिनेछ । यस बाहेक लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलेट अवार्ड र स्पेशल अवार्ड भने अवार्ड समारोहमै घोषणा गरिनेछ ।
पल्सर स्पोट्र्स अवार्ड २०७३ को पाँच विधाको मनोनयन यसप्रकार छ ।
वर्षका उत्कृष्ट पुरुष खेलाडी
किरण कुमार लिम्बु, फुटबल
शरद भेषावकर, क्रिकेट
रत्नजित तामाङ, ब्याड्मिन्टल
सोमबहादुर कुमाल, एथ्लेटिक्स
मान बहादुर श्रेष्ठ, भलिबल

वर्षका उत्कृष्ट महिला खेलाडी
कान्छीमाया कोजु, एथ्लेटिक्स
ज्ञानु अवाले, आर्चरी
नङसल तामाङ, ब्याड्मिन्टन
सावित्रा भण्डारी, फुटबल
सरस्वती भट्टराई, एथ्लेटिक्स

वर्षका उत्कृष्ट युवा खेलाडी
दीपेन्द्र सिंह ऐरी, क्रिकेट
अनन्त तामाङ, फुटबल
मनीता श्रेष्ठ प्रधान, जुडो
कमला श्रेष्ठ, भारोत्तोलन
प्रतिभा माली, भलिबल

वर्षका उत्कृष्ट प्रशिक्षक
योतोकु कोजी, फुटबल
मेघराज केसी, फुटबल
जगत टमाटा, क्रिकेट
पुष्पराज ओझा, एथ्लेटिक्स
किरण थापा, ब्याड्मिन्टन

पिपुल्स च्वाइस अवार्ड
कान्छीमाया कोजु, एथ्लेटिक्स
फुपूल्हामु खत्री, जुडो
गौरिका सिंह, पौडी
दीपेन्द्र सिंह ऐरी, क्रिकेट
सुजल श्रेष्ठ, फुटबल

प्रतिक्रिया दिनुहोस्