Logo

काँग्रेस संविधान लिएर जनतासंग भोट माग्ने -नेता खडका


सुर्खेत ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभाका सदस्यका लागि सुर्खेतको क्षेत्र नं. १ बाट उम्मेदवार पूर्णबहादुर खड्काले काँग्रेस संविधान लिएर जनताको घरदैलोमा आएको बताएका छन् । आफ्नो चुनावी कार्यक्रमअन्तर्गत आज अवलचिङ र मटेलामा भएको छुट्टाछुट्टै कार्यक्रमलाइ सम्बोधन गर्दै खड्काले अबको निर्वाचनमा काँग्रेसको नेतृत्व भए विकास निर्माणका कामलाइ निरन्तरता दिने बताए ।

२०६४ अघि र २०७० पछि नेपाली काँग्रेसको नेतृत्वमा सुर्खेतको पूर्वी क्षेत्रमा भएका विकास निर्माणका कामहरुलाइ मूल्याङ्कन गर्दै विकास निर्माणको निरन्तरताका लागि पनि काँग्रेसलाइ विजयी गराउन मतदातासंग अपील गरेका छन् । नेपाली काँग्रेसले जनमतको कदर गर्दै २०७२ मा संविधान दिएको उल्लेख गर्दै खड्काले पार्टीको अबको एजेण्डा विकास निर्माण भएको बताएका छन्।

आज अवलचिङ्गमा भएको चुनावी कार्यक्रम साविकको अवलचिङ्ग गाविसका काँग्रेस सभापति करसिं रानाको सभापतित्वमा भएको थियो ।यसैबीच, मटेलामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १५ जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जसमा एमालेबाट १३ जना रहेका छन् भने माओवादी केन्द्रबाट २ जना रहेका छन् । साविकको मटेला गािवसका काँग्रेस सभापति बिरबहादुर जिसीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति नारायण कोइराला, चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दलगायतले आगामी निर्वाचनमा विकासको निरन्तरता दिने पार्टी काँग्रेसलाइ मतदान गर्न मतदातासंग अपील गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्