Logo

स्मृतिमा ०१५ सालको चुनाव : प्रत्यक उम्मेदवारका अलग अलग मतपेटिका


त्यो बेला निर्वाचन शिक्षा कार्यक्रम लागु भएन । जसका कारण मतदाताहरुले स्वस्तीक चिन्हको प्रयोग गर्न नजानेर धेरै मत बदर हुने खतरा थियो ।

२०१५ सालमा नेपालमा पहिलो पटक आमनिर्वाचन भएको थियो । ००७ सालको क्रान्ति सफलभएपछिको पहिलो संसदीय निर्वाचन थियो त्यो । सो निर्वाचनवाट नेपाली कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेका थियो र बिपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री ुनपुगेका थिए ।

बिपी कोइरालालाई प्रधानमन्त्री बनाएको त्यो बेलाको चुनाव कस्तो थियो ? त्यो निर्वाचनमा मत हालेका दाङका एकजना मतदाता तिलकवहादुर डाँगी भन्छन् ‘यति ठूलो तामझाम केहि हुँदैनथ्यो ।’

उनका अनुसार मतपत्रमा स्वस्तीक चिन्हको छाप हान्नु पर्दैनथ्यो ।
उम्मेदवार जति छन्, त्यतिनै संख्यामा उम्मेवारहरुका आआफ्ना मतपेटिका राखिएका हुन्थे । प्रत्यक मतपेटिकामा अलग अलग चुनाव चिन्ह टाँसिएको हुन्थ्यो । मतपत्र लेखिएको रातो रङको कागज मतदाताहरुलाई दिईन्थ्यो । मतदाताहरुले त्यो मतपत्रलाई उम्मेदहरुको चुनाव चिन्ह हेरेर जसलाई मतदान गर्न खोजेको हो, सोही चिन्ह अंकित मतपेटिकामा खसाल्नु पथ्र्यो । ‘त्यो चुनावमा उम्मेदवारहरुको संख्या जति हुन्थ्यो,त्यतिनै मतपेटिका हुन्थे,’डाँगीले स्मरण गरे, ‘उम्मेदवारको चुनाव चिन्ह हेरेर त्यहि बाकसमा मत खसाल्नु पथ्र्यो ।’

यसो किन ? तिलकको बुझाई छ ‘यसो नगरिएको भए धेरै मत बदर हुन्थ्यो ।’ उनका अनुसार त्यो बेला निर्वाचन शिक्षा कार्यक्रम लागु भएन । जसका कारण मतदाताहरुले स्वस्तीक चिन्हको प्रयोग गर्न नजानेर धेरै मत बदर हुने खतरा त्यो बेला थियो ।
‘यो सजिलो व्यवस्था नगर्देको भए त्यो बेला धेरै मत बदर हुने थियो,’ उनी भन्छन् ‘मतपत्र खसाल्ने मात्रै व्यवस्था गर्देपछि त मत बदर हुने कुरै भएन ।’
उनका अनुसार त्यो निर्वाचन पनि दाुई चरणमा भएको थियो । फागुन ७ र फागुन १९ मा दुई चरणमा निर्वाचन भएको स्मरण गर्दै उनले भने ‘दलहरुले अहिलेको जस्तो घरदैलो पनि गर्दैनथे । नत चुनाव खर्चनै बढि हुन्थ्यो ।’

नेपाली कांग्रेसका दाङका उम्मेदवारहरुको चुनावी खर्च बारे सुनाउँदै उनले थपे ‘पार्टीले दिएको चुनाव खर्च वापतको रकम पनि पुरै खर्च नभएपछि हामीहरुले भोज गरेका थियौँ ।’ उनका अनुसार दाङको पूर्वी भाग एक क्षेत्र थियो भने पश्चिम दाङलाई सल्यानमा समावेश गरिएको थियो । सल्यान क्षेत्रमा गाभिएको पश्चिम दाङबाट कांग्रेसका गणेशकुमार शर्मा र दाङ क्षेत्रबाट परशुनारायण चौधरी चुनावमा भिडेका थिए ।

उम्मेदवारी दर्ताका लागि २ हजार ५ सय रुपैयाँ धरौटी र चुनावी खर्चका लागि कांग्रेसले शर्मालाई १ हजार ५ सय तथा चौधरीलाई एक हजार रुपैयाँ उपलब्ध गराईदिएको थियो । तर पार्टीले दुबै उम्मेदवारका लागि दिएको कुल रकम खर्च भएन । बरु त्यो पैसाले बिजयी भोज गरियो ।

‘चुनावका लागि पार्टीले दुईजना उम्मेदवारलाई दिएको २५ सय रुपैयाँ चोखै बच्यो,’ उनले भने ‘पछि त्यहि रकमले जीतको भोज खुवाएका थियौँ ।’
दाङ स्थित पत्रकार देबेन्द्र बस्नेतको सहयोगमा

प्रतिक्रिया दिनुहोस्