रसुवामा लोकतान्त्रिक गठबन्धनको अग्रता
प्रकाशित मिति : 7 December, 2017
प्रकाशित मिति : 7 December, 2017

रसुवा । प्रतिनिधिसभा तर्फ लोतान्त्रिक गठबन्धनले अग्रता लिएको छ । लोकतान्त्रिक गठबन्धनले सात सय २१ र वाम गठबन्धनले चार सय ४८ मत पाएको छ ।
खाल्डे र थुमन मतदान केन्द्रको एक हजार दई सय ४७ मतगणना भएकोमा ६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
स्वतन्त्रतर्फ चङ्गा चुनाव चिन्हमा ६, कुखुराको भाले चिन्हमा २ र गुलाबको फूलमा एक मत आएको बताइएको छ ।
प्रदेशसभा क तर्फ स्याफ्रु ख र थुमनको मत गनिसक्दा लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेसका प्रभात लामाले ६ सय २३ र वाम गठबन्धन तर्फका नेकपा एमालेका उम्मेदवार कर्णेल लामाले ५ सय ३ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्