एन्फा चुनाव विवाद फिफासम्म
प्रकाशित मिति : 8 December, 2017
प्रकाशित मिति : 8 December, 2017

काठमाडौं, । अखिल नेपाल फुटबल संघ एन्फा निर्वाचनमा भईरहेको ढिलाईका कारण विश्व फुटलको सर्वोच्च निकाय फिफाले नेपालको सदस्यता निलम्बना राख्न समेत सकिने चेतावनी दिएको छ ।
मात ११ गते एन्फा केन्द्रीय कार्यसमितिको चुनाव गर्न लागि कात्तिक २५ देखि मंसिर २५ सम्म जिल्ला फुटबल संघको निर्वाचन गर्नुपर्ने आफ्नै रोडम्याप कार्यान्वयन नगरेपछि फिफाले एन्फालाई चेतावनीसहितको पत्र पठाएको थाहा भएको छ ।
ू
असोज २३ मा विशेष साधारणसभा गरेर विधानमा समयसापेक्ष परिवर्तन गरेको एन्फाले कात्तिक ६ गते कार्यसमिति बैठकबाट निर्वाचन रोडम्याप बनाएको थियो ।
जसलाई फिफा र एसियाली फुटबल महासंघ एफएफसी को पनि मान्यता थियो । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्