कतारका राजा आउँदा मंगलबार सार्वजनिक बिदा

कतारका राजा आउँदा मंगलबार सार्वजनिक बिदा


काठमाडौं ।

कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

यसबारे सरकारकी प्रवक्ता तथा  सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।