काठमाडनै । सन् १९८६ मा पाकिस्तानको कराँचीमा अपहरणमा परेको ‘पान एम फ्लाइट ७३’ (Pan Am Flight 73) को विभत्स घटना र त्यसमा २५ वर्षीया सिनियर एयरहोस्टेस नीरजा भनोटले देखाएको अभूतपूर्व वीरता ४० वर्षपछि फेरि विश्वभर चर्चाको शिखरमा पुगेको छ।
हातमा बन्दुक र बम लिएका भारी हतियारधारी आतङ्कवादीहरूले ३०० भन्दा बढी यात्रुलाई बन्धक बनाएर मार्ने धम्की दिँदा नीरजाले विचलित नभई चालक दललाई भगाउन सफल भइन्। घण्टौँसम्म यात्रुहरूको सुरक्षामा खटिएकी नीरजाले आतङ्कवादीहरूले अन्धाधुन्ध गोली चलाउँदा साना बालबालिका र यात्रुहरूलाई आफ्नै शरीरले छेकेर ज्यान बचाइन्। आफूले गोली खाएर ३०० भन्दा बढीको ज्यान जोगाउने नीरजाको यो त्याग र समर्पणलाई आज पनि संसारले सलाम गरिरहेको छ।

प्रतिक्रिया