नेपाललाई ठूलो सफलता: अनुकूलन कोषको ४७औँ बैठकबाट नेपालका ३ ठूला परियोजना स्वीकृत

नेपाललाई ठूलो सफलता: अनुकूलन कोषको ४७औँ बैठकबाट नेपालका ३ ठूला परियोजना स्वीकृत


काठमाडाै‌ । जलवायु परिवर्तनको तीव्र असर भोगिरहेको नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चबाट ठूलो राहतको खबर आएको छ। अनुकूलन कोष (Adaptation Fund) को ४७औँ बोर्ड बैठकले नेपालले पेस गरेका ३ वटा महत्त्वपूर्ण जलवायु अनुकूलन तथा संरक्षण परियोजनाहरू स्वीकृत गरेको छ।

स्वीकृत परियोजनाहरूमध्ये कोशी क्षेत्रको वातावरणीय उत्थानशीलताका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलरको ‘ग्रिन कोशी’ र लुम्बिनी क्षेत्रमा स्थानीय नेतृत्वमा आधारित अनुकूलनका लागि ४९ लाख ९८ हजार ७०७ अमेरिकी डलरको बजेट स्वीकृत भएको छ। प्राकृतिक विपद् र जलवायु जोखिमको सामना गरिरहेका नेपाली समुदायका लागि यो वैदेशिक अनुदान कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।