काठमाडाै । रुस-युक्रेन युद्धको मैदानबाट मानव इतिहासकै सबैभन्दा कहालीलाग्दो र चमत्कारी घटना बाहिर आएको छ। युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाको घेराबन्दी र बारुदी सुरुङका कारण ८ महिनादेखि अड्किएका ४९ वर्षीय युक्रेनी सैनिक कोस्तियान्तिन भ्लासेन्कोको अन्ततः ‘हेभी सट आयुदाग–६’ नामक विशाल ड्रोनमार्फत सकुशल उद्धार गरिएको छ।
फेब्रुअरीमा रुसी आक्रमणमा परि दुवै खुट्टा गुमाएका उनी ध्वस्त विद्यालयको साँघुरो खाल्डोभित्र ८ महिनासम्म लुकेर बसेका थिए। घाउ बिग्रिँदै गएपछि उनले आफ्नै हातले चक्कु प्रयोग गरी दायाँ खुट्टा काटेर औषधि लगाएका थिए। जमिनबाट उद्धार गर्न असम्भव भएपछि युक्रेनी सेना र प्राविधिकहरूले ६ वटा पङ्खा भएको शक्तिशाली ड्रोन पठाएर उनलाई हावाबाटै उडाएर अस्पताल पुर्याएका छन्।

प्रतिक्रिया