सेयर बजार सामान्य अंकले बढ्याे, ७५ करोड रूपैयाँकाे काराेबार

सेयर बजार सामान्य अंकले बढ्याे, ७५ करोड रूपैयाँकाे काराेबार

सोमबार नेप्से परिसूचक २.७१ अंकले उकालो

विकास टाइम्स
0
Shares

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले उकालो लागेको हो ।

योसँगै सूचक १८८८.३२ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२३ अंकले बढेर सूचक ३५९.३७ विन्दुमा पुगेको छ।

यसअघि आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागी १८८५.६० को बिन्दुमा अडिएको थियो । सोही दिन ८२ करोड ७५ लाख रुपैयाँभन्दा बढीकाे कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार कुल २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर खरिदबिक्री हुँदा ७५ करोड १३ लाखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्से सूचकमा १२० कम्पनीमा वृद्धि भएको छ । ८५ कम्पनीमा ओरालो लागेको र १५ कम्पनीकाे सेयर मूल्य स्थिर रहेको छ । कारोबारका आधारमा कालिञ्चोक दर्शन शीर्ष स्थानमा छ । उक्त बैंकले ८ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । यसैगरी शिवम् सिमेन्टको करिब ३ करोडको कारोबार भएको छ ।