काठमाडौँका अव्यवस्थित  तार हटाउन सुरु [फोटोफिचर]

काठमाडौँका अव्यवस्थित  तार हटाउन सुरु [फोटोफिचर]

विकास टाइम्स
0
Shares

काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकाले अव्यवस्थित तार काट्ने कार्य सुरु गरेको छ ।

महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटना नियन्त्रण गर्न महानगरपालिकाले विभिन्न स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।

गत आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका  प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेअनुसार आजबाट व्यवस्थापन सुरु गरिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमतिअनुसार हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।