नारायणघाट–बुटवल सडकखण्डको काम २६ प्रतिशत मात्रै

नारायणघाट–बुटवल सडकखण्डको काम २६ प्रतिशत मात्रै

तेस्रो पटक म्याद थपिदिन ठेकेदारको प्रस्ताव

विकास टाइम्स
0
Shares

बुटवल । महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न अनुरोध परेको छ ।

कोरोनाको महामारी देखाउँदै यसअघि २ पटक म्याद थप गरेको चिनियाँ ठेकेदार कम्पनीले डेढ वर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो । सो सडकखण्डको काम हाल  २६ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यसअघि दोस्रो पटक म्याद थप गरेको थियो, जसअनुसार उसले यस अवधिमा जम्मा थप २ प्रतिशत मात्र काम सम्पन्न गरेको थियो ।

म्याद थप्नुपरेको चिनियाँ ठेकेदार कम्पनीले जनाउँदै आएको छ भने चिनियाँ कम्पनीले माग गरेअनुसार सडक निर्माणको लागत नबढ्ने गरी म्याद थपबारे निर्णय गर्न लागिएको दाउन्ने गैँडाकोट खण्डका प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिएका छन् ।