रवि र बालेनबीच ५ घण्टा छलफल

रवि र बालेनबीच ५ घण्टा छलफल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा बिहीबार भएको भेटमा दुई नेताबीच करिब पाँच घण्टा कुराकानी भएको हो ।

भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालैको भारत भ्रमणबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । उनीहरूबीच भारत भ्रमणका क्रममा भएका छलफल र उपलब्धिबारे पनि कुराकानी भएको बताइएको छ ।

त्यस्तै, आगामी निर्वाचन र त्यसको तयारीका विषयमा पनि दुई नेताबीच छलफल भएको छ । पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियानबारे समेत उनीहरूले कुराकानी गरेका छन् ।

भेटमा मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीका साथै अध्यादेश तथा आगामी संसद् अधिवेशनका विषयमा पनि छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।