उदयपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति दिन सुरु

उदयपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति दिन सुरु

विकास टाइम्स
0
Shares

उदयपुर । वैदेशिक रोजगारीमा जानेहरूका लागि स्थानीय पालिकाहरूले श्रम स्वीकृति दिन सुरु गरेका छन् ।

यसै क्रममा त्रियुगा नगरपालिकाले पनि आइतबारदेखि वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरेको हो ।

संघीय सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएसँगै त्रियुगा नगरपालिकाले पनि आइतबारदेखि श्रम स्वीकृति दिन सुरु गरेको नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।

उनका अनुसार यसरी श्रम स्वीकृति दिइँदा आफ्नो नगरपालिकाभित्रको सम्पूर्ण विवरण प्राप्त हुने र वैदेशिक रोजगारीबाट फर्केर आएकालाई नयाँ काम दिने कार्यका लागि महत्वपूर्ण अभिलेख पनि हुनेछ ।

श्रम स्वीकृतिका लागि वडा-६ का चिरञ्जीवी पोखरेलले साउदी अरेबिया जानका लागि माग गरेको श्रम स्वीकृतिको निवेदनलाई सदर गर्दै नगरपालिकाले सो कार्यको प्रारम्भ गरेको हो ।

संघीय सरकारले गत वैशाख ३ देखि संघ र प्रदेशमा रहेको श्रम स्वीकृत गर्ने सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्‍याउने निर्णय लिएको थियो ।