फरार सांसद टाेपबहादुरले पठाए बिरामी भएकाे जानकारी पत्र

फरार सांसद टाेपबहादुरले पठाए बिरामी भएकाे जानकारी पत्र

विकास टाइम्स
9
Shares

काठमाडौँ ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी हुनासाथ फरार भएका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद् सचिवालयलाई पत्र पठाएका छन् ।

उनले आफू उपचाररत रहेकाले संसद्‌मा उपस्थित हुन नसकेको पत्र पठाएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पुष्टि गरेका छन् ।

उनले इमेलमार्फत सचिवालयलाई पत्र पठाएका हुन् । गत बुधबार पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् ।

यसैबीच, उनलाई एमालेले पार्टी सचिवकाे पदबाट निलम्बन गरेको छ । यो प्रकरणको अनुसन्धान नसकिएसम्म एमालेले उनलाई जिम्मेवारीबाट हटाइएकाे महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।