सिंहदरबारमा शीर्ष नेताबीच छलफल

सिंहदरबारमा शीर्ष नेताबीच छलफल

विकास टाइम्स
54
Shares

भेटघाट सभामुखको कार्यालय सिंहदरबारमा शनिबार भेट गर्दै प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर प्रदीपराज वन्त रासस

काठमाडौँ ।

सिंहदरबारमा प्रमुख ३ दलका शीर्ष नेताबीच छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएकाे हाे ।

नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तरंगित भएका बेला शीर्ष नेताहरुको बैठक बसेकाे हाे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान कांग्रेसका नेतासमेत रहेका निवर्तमान गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै राजनीतिक तरंग सुरु भएको छ ।

आजै सोही आरोप लागेका पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी निलम्बनमा परेका छन । उनी फरार छन् ।