नेपाल–बंगलादेश ऊर्जा वार्ता जेठ १ र २ मा हुने

नेपाल–बंगलादेश ऊर्जा वार्ता जेठ १ र २ मा हुने

सुनकोसी–३ आयोजनाका सम्बन्धमा छलफल हुने

विकास टाइम्स
18
Shares

काठमाडौँ ।

आगामी जेठ १ र २ मा नेपाल–बंगलादेश ऊर्जा वार्ता हुने भएको छ । बंगलादेशको ढाकामा हुने ऊर्जा वार्ताको पहिलो दिन संयुक्त कार्य समूहको बैठक हुनेछ भने दोस्रो दिन ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक हुनेछ ।

उक्त ऊर्जा वार्तामा सुनकोसी–३ को आयोजना विकासका सम्बन्धमा छलफल हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधुप्रसाद भेटवालले जानकारी दिए । उक्त परियोजना नेपाल र बंगलादेशले संयुक्त रूपमा बनाउने सहमति भइसकेको छ ।

नेपालले बंगलादेशलाई सम्भाव्यता अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बंगलादेशलाई पनि उपलब्ध गराएको छ । यसबारे अध्ययन गरेर आयोजना अघि बढाउने सहमतिअनुसार बैठकमा सुनकोसी–३ को निर्माणका लागि संयुक्त कम्पनी स्थापनाबारे छलफल हुन सक्ने सम्भावना छ ।

यसअघि भएको नेपाल–बंगलादेश ऊर्जा सचिव स्तरीय बैठकमा सुनकोसी–३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन बंगलादेशलाई दिने सहमति भएको थियो । सो प्रतिवेदन अध्ययन गरेर लगानी मोडालिटी तय गर्न बंगलादेशको सहमतिअनुसार अब आयोजनाका लगानीको मोडालिटीमाथि छलफल हुने सम्भावना छ ।