नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनकाे माग

नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनकाे माग

विकास टाइम्स
39
Shares

काठमाडौँ ।

विद्यार्थीहरूले भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरी संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

अनुसन्धान गर्न र दोषीलाई कारबबाही गर्न माग गर्दै विद्यार्थीको खबरदारी स्वरूप प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चलाएको अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको बताइन् । उनले भ्रष्टाचार गर्ने ठुला दलका नेताहरू राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढंगले छानबिन गरी कारबाही गर्न माग गर्दै प्रदर्शनमा आएको जनाइन् ।

प्रशर्शनका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यबद्धता जनाएको बताए । उनले कुनै पनि दबाबमा नपरीकन यो घटनाको छानबिन गर्न सरकारलाई आग्रह गरे ।

उनले सरकारले व्यक्त गरेको साहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारका फाइल खोल्नुपर्ने पनि बताए ।