विकास निर्माणसम्वन्धी १५ बुँदे मागसहित पूर्वमन्त्री सञ्जय गौतम आमरण अनशनमा

विकास निर्माणसम्वन्धी १५ बुँदे मागसहित पूर्वमन्त्री सञ्जय गौतम आमरण अनशनमा

विकास टाइम्स
3
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री समेत रहेका सञ्जय गौतम विकास निर्माणका १५ बुँदे मागसहित आमरण अनशन थालेका छन । बर्दियास्थित जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर उनले आमरण अनशन सुरु गरेका हुन् ।

उनी बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन । मागको सूचीको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने उनको माग छ। गुलरिया मूर्तिया नाका तुरून्त सुचारू गर्नुपर्ने, मध्यवर्ती क्षेत्रका बासिन्दालाई निस्शुल्क बीमा व्यवस्था गरिनुपर्ने, बाढीपीडितलाई भूकम्पपीडित सरह राहत दिने व्यवस्था लागु गरिनुपर्ने, कपास विकास समिति विघटन गरी किसानहरूलाई मोही सरह हैसियत दिनुपर्ने, सत्तिघाट पुलमा आवश्यकताअनुसार स्पान थप गर्नुपर्ने माग पनि उनले राखेका छन्।

सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बनेर उदघाटन नहुँदै २०७४ साउन अन्तिम साता भत्किएको थियो । यो पुल पप्पु कन्स्ट्रक्सनले बनाएको थियो ।