आजदेखि २ साता मेलम्चीको पानी नआउने

आजदेखि २ साता मेलम्चीको पानी नआउने

विकास टाइम्स
3
Shares

काठमाडौँ ।

आजदेखि मेलम्चीको पानी २ साता नआउने भएको छ । काठमाडौँ उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आजदेखि वितरण बन्द गरिएको छ ।

आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै पानी वितरण बन्द गरिएको हो । हेलम्बु–१ स्थित आयोजनाको गेट नम्बर-९ मा रहेको मुहान तथा हेडवर्क्समा सिलिन्डर र गेट नम्बर १ मा जालीसहितका उपकरण राखेर मर्मतसम्भार गर्नुपर्ने भएकाले २ साताका लागि पानी वितरण बन्द गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ ।

मेलम्चीको पानी पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो । सोही वर्षको चैत १५ देखि परीक्षण स्वरूप पानी वितरण गरिएको थियो ।