नेपाल–बंगलादेश ऊर्जा वार्ता सुरु, विद्युत् व्यापार प्राथमिकतामा

नेपाल–बंगलादेश ऊर्जा वार्ता सुरु, विद्युत् व्यापार प्राथमिकतामा

विकास टाइम्स
3
Shares

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा नेपाल–बंगलादेश ऊर्जा बैठक सुरु भएको छ । सोमबार र मंगलबार हुने वार्तामा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न छलफल हुने तय भएको छ ।

पहिलो दिन आज संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले गर्दैछन् भने बंगलादेशकातर्फको नेतृत्व त्यहाँका ऊर्जा सचिव हाबिबुर रहमानले गर्नेछन् । बंगलादेशमा लिखु– ४ जलविद्युत आयोजनाको बिजुली बेच्ने प्रस्ताव छ ।

उक्त प्रस्ताव भारत सरकारले स्वीकृत गरेर आफ्नो प्रसारणलाइन प्रयोगको अनुमति दिएपछि बंगलादेशसँग आगामी वर्षायामअगावै विद्युत व्यापार गर्ने योजना छ ।