पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढाइने

पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढाइने

विकास टाइम्स
24
Shares

काठमाडाैँ ।
बाग्मती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
जिरी नगरपालिकाको वडा-५ मा प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिने ताल निर्माणका लागि उक्त निर्णय गरिएको सरकारको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
साथै सरकारी कामकाजको भाषासम्बन्धी विधेयक मस्यौदाको तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने समेत सरकारले निर्णय गरेको छ ।