हनुमानस्थानकाे अनधिकृत भवनमा महानगरकाे डाेजर

हनुमानस्थानकाे अनधिकृत भवनमा महानगरकाे डाेजर

विकास टाइम्स
201
Shares

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले अनामनगर हनुमानस्थानमा रहेको अनधिकृत संरचना भत्काएको छ ।​

हनुमानस्थानमा रहेको क्वानमुकान कराँते संघको प्रशिक्षण भवनलाई महानगरले भत्काएको हो । बाटाेकाे केही भाग नै ढाकेर रहेकाे साे भवन भत्काएपछि पैदलयात्रीलाई सहज हुने भएकाे छ ।

उक्त संरचना अनधिकृत रहेपछि भत्काइएको महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले जानकारी दिए । भवन भत्काउनुअघि संघका व्यक्तिहरूले बिनाजानकारी भत्काउन आएको र सामान निकाल्न पनि नदिएको गुनासो गरेका थिए ।

पाण्डेले भने पटकपटक जानकारी गराउँदा पनि भवन खाली नगरेपछि महानगरले डोजर लगाएको बताए ।