बंगलादेशले नेपालबाट ५० मेगावाट बिजुली लैजाने सहमति

बंगलादेशले नेपालबाट ५० मेगावाट बिजुली लैजाने सहमति

विकास टाइम्स
6
Shares

काठमाडौँ– बंगलादेशले नेपालबाट करिब ५० मेगावाट बिजुली लैजाने सहमति भएको छ । गएको सोमबार र मंगलबार नेपाल–बंगलादेश ऊर्जा वार्ता बैठकको पहिलो चरणमा यस्तो सहमति भउको हो । दुवै देशका सचिवस्तरीय बैठकमा भारतलाई मनाएर ४० देखि ५० मेगावाट बिजुली बंगालदेश लैजाने सहमति भएको हो ।

भारतीय प्रसारण लाइन प्रयोग गर्ने सम्बन्धमा छलफल गर्न त्रिपक्षीय बैठकका लागि भारतलाई मनाउने निर्णय भएको छ । बंगलादेशमा दुई दिन चलेको बैठकले विद्युत् व्यापारका लागि नेपाल–भारत–बंगलादेशको छुट्टै त्रिपक्षीय संयन्त्र बनाउनबारे पनि छलफल भएको हो ।

नेपाल–बंगलादेशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । यसका लागि भारतको साथ र अनुमति अनिवार्य भएका कारण त्रिपक्षीय बैठकका लागि भारतलाई मनाउने सहमति दुवै भएको छ ।