सार्वजनिक सवारी साधनको भाडादर घट्यो

सार्वजनिक सवारी साधनको भाडादर घट्यो

विकास टाइम्स
3
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको छ ।