भीमफेदी कारागारका मुढाको चीनमा उच्च माग, एकैपटक ७ ट्रक निर्यात

भीमफेदी कारागारका मुढाको चीनमा उच्च माग, एकैपटक ७ ट्रक निर्यात

विकास टाइम्स
0
Shares

मकवानपुर । भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी चिनतर्फ निर्यात हुन थालेको छ ।

गत साताबाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैदी बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चिनतर्फ निर्यात भएको हो ।

भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलका अनुसार १० हजार १०० थान मुढा नाका खुलेसँगै निर्यात भएको हो । उनका अनुसार ४ लाख ४० हजार मूल्य बराबरको सो मुढा तातोपानी नाका र रसुवागढी नाकावाट चीनको तिब्बततर्फ निर्यात भएको हो ।

‘भीमफेदीमा उत्पादन भएका बाँसका मुढा आकर्षक, सस्तो र बलियो भएको भन्दै चिनियाँहरूले मन पराएपछि यहाँ उत्पादन हुने मुढा निरन्तर चीनतर्फ निकासी हुनेछ,’ उनले भने ।

भीमफेदीका १ हजारमध्ये झन्डै ४०० भन्दा बढी कैदीबन्दीले मासिक ३ हजारसम्म मुढा उत्पादन गर्दै आएका छन् । उनका अनुसार भीमफेदीका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट बढी माग आएको छ ।