राष्ट्रिय गौरवका र रुपान्तरणकारी आयोजनालाई प्राथमिकतामा राखिने

राष्ट्रिय गौरवका र रुपान्तरणकारी आयोजनालाई प्राथमिकतामा राखिने

विकाससम्वन्धी कानुन ल्याइने

विकास टाइम्स
3
Shares

काठमाडौं– सरकारले विकास आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न बजेटको व्यवस्थाप गर्ने भएको छ ।

राष्ट्रिय गौरव तथा रुपान्तकारी विकास आयोजनालाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रमहरु ल्याइने भएको हो । संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

विकास आयोजना निर्माणका लागि जग्गा अधिग्रहण, रुख कटान, वन तथा वातारणसम्वन्धी प्रक्रियागत सहजताका लागि विकाससम्न्धी कानुन बनाएर कार्यान्वयन गरिने उनले बताए ।