काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पाकिस्तानी कप्तान साहिबजादा फर्हानलाई अनुबन्ध गरेको छ ।
३० वर्षीय दायाँहाते ब्याटर फर्हान कर्णालीमा अनुबन्ध हुने दोस्रो पाकिस्तानी राष्ट्रिय खेलाडी हुन् । यसअघि कर्णालीले पाकिस्तानी अलराउन्डर हुसेन तलातलाई अनुबन्ध गरेको थियो ।
पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका फर्हानले एक हजार ५५४ रन बनाएका छन् । उनको नाममा दुई शतक र १३ अर्धशतक छन् । फर्हानको आगमनले टोलीको मध्यक्रम बलियो बन्ने कर्णाली याक्सका मालिक गृहेन्द्र घिमिरेले बताएका छन् ।
फर्हानसँगै कर्णालीले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । टोलीमा पाकिस्तानका तलात, बंगलादेशका अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्यान्डका अलराउन्डर मार्क वाट छन् ।
कात्तिक ९ देखि सुरु हुने एनपीएलमा कर्णालीको मार्की खेलाडी सोमपाल कामी हुन् । टोलीमा गुल्शन झा र नन्दन यादवसहित अन्य नेपाली खेलाडी पनि छन् ।

प्रतिक्रिया