सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

विकास टाइम्स
0
Shares

काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

बिहीबार अजिरकोटले सार्वजनिक सूचना जारी गरेर  सार्वजनिक पद धारण गरेका व्यक्ति सबैका बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेको छ ।

‘सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पुर्‍याउने उद्देश्यले २० वैशाखको अजिरकोट गाउँ कार्यपालिकाबाट सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूका बालबलिकाहरूलाई बाल कक्षादेखि कक्षा ८ सम्मका सामुदायिक विद्यालयमा भर्ना गराउने निर्यण भएको हुँदा सूचना प्रकाशित मितिले ७ दिनभित्र अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गराई सोको जानकारी शिक्षा शाखामा उपलब्ध गराइदिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।