११ खर्ब ७९ अर्ब मात्रै राजस्व संकलन हुने अनुमान

११ खर्ब ७९ अर्ब मात्रै राजस्व संकलन हुने अनुमान


काठमाडाैँ ।

चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ मात्रै हुने अनुमान गरिएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यस्तो अनुमान गरिएको हो। यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको उनले बताए। गत वर्षको तुलनामा ५.९ प्रतिशतले कम हो।

राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो ।