टुक्रे र बहुवर्षीय आयाेजनालाई छुट्ट्याइएन बजेट, के छन् प्राथमिकतामा ?

टुक्रे र बहुवर्षीय आयाेजनालाई छुट्ट्याइएन बजेट, के छन् प्राथमिकतामा ?


काठमाडौँ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजनालाई उच्च प्राथमिकता दिएकाे छ ।

सरकारले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरेको छ ।

विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठुलो बजेट राख्ने गरे पनि कामै नहुने गरेकाले यस पटक त्यस्ता आयाेजनाकाे बजेट काटिएकाे छ ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

बजेट सार्वजनिक गर्दै मन्त्री महतले आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्षाभन्दा कम भएको बताए । चालु आवमा वैदेशिक सहायतातर्फ २४ अर्ब ८१ करोड रुपैयाँ अनुदान र १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ ऋण आउने अनुमान गरिएको थियो ।

दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारासहित ल्याइएको बजेटमा वैदेशिक अनुदानको ठुलो महत्व छ । तर सरकारले चालु आवमा अनुमान गरिएकोभन्दा निकै कम मात्र वैदेशिक सहायता पाएको छ ।

बजेटका प्राथमिकताः

कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास

लगानी प्रवर्द्धन, औद्योगिक विकास र व्यापार सन्तुल

सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा

गुणस्तरीय भौतिक निर्माण, पूर्वाधार निर्माण

डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन

वातावरण संरक्षण जलवायु परिवर्तन र विपद् व्यवस्थापन

मानव संशान विकास र रोजगारी सिर्जना

वित्तीय क्षेत्र सुधार वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार

सार्वजनिक वित्त प्रणालीमा सुधार ।