२०८० सालमा लगानी सम्मेलन गरिने

२०८० सालमा लगानी सम्मेलन गरिने


काठमाडौँ ।

सरकारले २०८० सालमा लगानी सम्मेलन गर्ने घाेषणा गरेकाे छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

उनले विदेशी लगानीका लागि लगानी पूर्वाधार तय गरिने बताएका छन् । द्रुत मार्ग, सुरुङ मार्ग, जलाशय र जलविद्युत लगायतमा वैदेशिक लगानी खोजिने उनले बताए ।

अन्तर्राष्ट्रिय वित्त बजारका लागि कानुनी व्यवस्था गर्नुका साथै नेपाली लगानीकर्तालाई विदेशी संस्थाबाट ऋण पाउन सहजीकरण गरिने उनले बताए ।

यसैगरी विदेशी लगानीका लागि लाभांशमा सरलीकृत गरिने पनि अर्थमन्त्री महतले उल्लेख गरे ।