कम्पनी खाेल्न कुनै शुल्क नलाग्ने, सय रुपैयाँ पुँजीकाे कम्पनी दर्ता गर्न पाइने

कम्पनी खाेल्न कुनै शुल्क नलाग्ने, सय रुपैयाँ पुँजीकाे कम्पनी दर्ता गर्न पाइने


काठमाडौँ 

सरकारले सय रुपैयाँ चुक्ता पुँजी राखेर कम्पनी खोल्न सकिने व्यवस्था गरेको छ । यस्तै दर्ता र नवीरकण गर्न कुनै शुल्क नलाग्ने भएकाे छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले त्यस्तो व्यवस्था गरेको हो । सरकारले कम्पनी दर्ता, नवीकरण र खारेजीको काम अनलाइनबाटै गर्न सकिने व्यवस्था पनि गरेको छ । त्यस्तै, आइटी सम्बद्ध कम्पनीहरुलाई विदेशमा शाखा खोल्न दिने निर्णय पनि गरेको छ ।

त्यस्ता कम्पनीहरूले नेपालमा भित्र्याएको कुल विदेशी मुद्राको १० प्रतिशत रकम सटही गरेर पुनः विदेश लैजान दिने पनि भनेको छ । सरकारले विदेशी लगानीको सीमासम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने पनि भनेको छ । त्यस्तै, आइटी सम्बद्ध उद्योगहरूले नेपालमा लगानी गर्दा त्यस्तो सिमा लागु नहुने व्यवस्था पनि बजेटमा गरिएको छ ।