पोखरा र अमलेखगन्जमा इन्धन भन्डारण गृह बनाइने

पोखरा र अमलेखगन्जमा इन्धन भन्डारण गृह बनाइने


काठमाडौँ ।

सरकारले कास्कीको पोखरामा हवाई इन्धन भन्डारण गृह स्थापना गर्ने भएको छ । बाराको अमलेखगन्जमा थप २ इन्धन भण्डार गृह स्थापना गरिने अर्थमन्त्री प्रकाशशरण महतले बताए ।

सोमबार संसद् बैठकमा आउँदो वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले ३ महिनाको माग धान्ने गरी इन्धन भन्डारण क्षमता वृद्धि गरिने बताए ।