सरकारले उद्याेगमा घटायाे बजेट, ९ अर्ब ४६ करोड विनियाेजन

सरकारले उद्याेगमा घटायाे बजेट, ९ अर्ब ४६ करोड विनियाेजन


काठमाडौँ ।

सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको जनाए ।

यो रकम चालु वर्षको तुलनामा १ अर्ब २ करोड कम हो । सरकारले २०७९/८० का लागि उद्योग, वाणिज्य तथा आपूर्तितर्फ १० अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको थियो ।