पूर्वाधारमा बजेट कटाैती हुँदा सहरी विकासमा दाेब्बर

पूर्वाधारमा बजेट कटाैती हुँदा सहरी विकासमा दाेब्बर


काठमाडौँ ।

सरकारले सहरी विकास मन्त्रालयको बजेट झन्डै दोब्बर बढाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । जबकि चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट थियो ।

सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको हो । भाैतिक पूर्वाधार मन्त्रालयबाट भने करिब त्यति नै अंककाे बजेट कटाैती गरिएकाे छ ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।