सागु खोलाका २ आयाेजनामा अवसर इक्विटीले लगानी गर्ने

सागु खोलाका २ आयाेजनामा अवसर इक्विटीले लगानी गर्ने


काठमाडौँ ।

अवसर इक्विटी डाइभर्सिफाइड फन्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडसँग लगानी सम्झौता गरेको छ । दुईवटा रन अफ रिभर हाइड्रोपावर निर्माण गर्न सम्झौता गरिएको छ ।

सागु खोला–१ जलविद्युत (५.५ मेगावाट) र सागु खोला (२० मेगावाट) जलविद्युत आयोजनामा ३९ करोड ६ लाख रुपैयाँ लगानी गर्ने गरी सम्झौता गरिएको हो ।

दुवै आयोजनाका लागि विद्युत् खरिद सम्झौता पनि सम्पन्न भएको छ । आयोजनाबाट कुल उर्जा उत्पादन हुने अपेक्षा १४९ (जिडब्लुएच) प्रति वर्ष रहेको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् सिंगटी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ  । यी आयोजनाहरुको व्यावसायिक सञ्चालन  २०८१ चैत २९ गतेबाट हुनेछ  ।

कोषको लगानीले आयोजना समयमै सम्पन्न गर्न सहज बनाउने छ ।